दाङ : अवैध उत्खनन गरेको आरोपमा एउटा डोजर र पाँच वटा ट्र्याक्टर नियन्त्रणमा

दाङ : अवैध उत्खनन गरेको आरोपमा एउटा डोजर र पाँच वटा ट्र्याक्टर नियन्त्रणमा

२७ असार, दाङ ।

दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न रहेको आरोपमा ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेको एउटा डोजर र पाँच वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भे १ ख ११६८ नम्बरको डोजर, भे २ त १०९, रा १ त २९५५, भे १ त ९०६५, रा १ त ७५२ र रा १ त ४१७८ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.