सर्वोच्चले ‘प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन्’ भन्ने सन्देश दिएको छ – माधव नेपाल

सर्वोच्चले ‘प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन्’ भन्ने सन्देश दिएको छ – माधव नेपाल

२८ असार, काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले ‘प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन्’ भन्ने सन्देश दिएको बताएका छन् ।

सोमबार सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्ने फैसला गरेपछि नेता नेपालले प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन् र राज्यका अन्य निकाय पनि संविधानको दायरामा बस्नुपर्छ भन्ने सन्देश दिएको बताएका हुन् । यसले अदालतको भूमिका र मर्यादालाई माथि उठाएको उनको भनाई छ ।

यस्तै, नेता नेपालले मृत्युशय्या‍मा पुगिसकेको संसद्लाई सर्वोच्चले जोगाउने काम गरेको भन्दै प्रशंसा पनि गरेका छन् । ‘झन्डै मृत्युशय्या‍मा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो ।’ उनले भनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.