२७ असार, काठमाडौँ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक सडकमा उत्रिएका छन।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेपछि ओलीका समर्थक सडक प्रदर्शनमा निस्केका हुन् । तराजु हातमा झुन्ड्याएर माइतीघर मण्डलामा प्रदर्शन गरेका उनीहरुले सबै फैसला मानिँदैन भन्ने नारा लेखेको ब्यानर बोकेका छन् ।