२८ असार, काठमाडौं ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्चमा गोरु ब्याएको भन्दै टिप्पणी गरेका छन् ।
सोमबार सर्वोच्चले प्रतिनिधिसभा पुनः स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।
‘सर्वोच्च अदालतमा आज गोरू व्यायो, राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’ थापाले ट्विटरमा लेखेका छन् ।