अब देशले ओलीतन्त्र फेरि ब्यहोर्नुपर्ने छैन : वर्षमान पुन

अब देशले ओलीतन्त्र फेरि ब्यहोर्नुपर्ने छैन : वर्षमान पुन

२८ असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेसँगै नेता पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानन्यायाधीश र संबैधानिक बेन्चका न्यायाधीशहरूलाई बिशेष धन्यवादसमेत दिएका छन् । उनले अब देशले ओलीतन्त्र फेरि ब्यहोर्नु नपर्नेसमेत बताए ।

‘संबिधान,लोकतन्त्र र शान्तिका लागि न्यायालयको ऐतिहासिक फैसला÷अब देशले ओलीतन्त्र फेरि फेरि ब्यहोर्नु पर्नेछैन÷प्रधानन्याधिश र संबैधानिक बेन्चका न्यायमूर्तीहरूलाई बिशेष धन्यवाद !’पुनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.