२८ असार, काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी हर्कतलाई अदालतले रोकेको प्रतिक्रिया दिएका छन् ।
सोमबार अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेसँगै भट्टराईले संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिउँसमेत भनेका छन् ।
‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक÷प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ÷धन्यवाद ! अब कुनै किन्तुपरन्तु गर्ने ठाउकक छैन। संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊकक, प्रतिगमनकारीलाई दण्डित गरौं !’ भट्टराईले भने ।
उनले प्रतिगमनकारीलाई दण्डित गरौँ भन्दै आह्वानसमेत गरेका छन् ।