५ दलको बैठकले नयाँ सरकारबारे निर्णय गर्दछ : देउवा

५ दलको बैठकले नयाँ सरकारबारे निर्णय गर्दछ : देउवा

२८ असार, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएर विधिको शासन बचेको बताएका छन्। अदालतले संविधान विपरित गरिएको कदमलाई सच्याएको उनको भनाई छ ।

आज बुढानिलकण्ठस्थित निवासमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका देउवाले भने, ‘अदालत कसैको धम्कीदेखि नडराउँदैन, अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।’ उनले फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको बताए ।

देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् । साँझ ५ बजे सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकारबारे निर्णय गर्ने देउवाले बताए । ‘गठबन्धनको बैठक बस्दैछ, हामी ५ दल सल्लाह गर्दैछौं, अनि सरकारबारे आधिकारिक धारणा बन्नेछ’ उनले भने।

सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.