२८ असार, काठमाडौं ।
नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।
सोमबार अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेसँगै नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् अदालतको आदेश अस्वीकार गर्न नमिल्ने बताए । बरु, आदेश मन नपरे असहमत जनाउन सक्ने बताए ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।
उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पु¥याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौं।नत्र भिरबाट खस्नेलाई रामराम’ थापाले ट्विटरमा लेखेका छन् ।