नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे शपथ लिने

नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे शपथ लिने

२९ असार, काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा विपक्षी गठबन्धनका नेता देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । योसँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.