बालकोटमा बाजागाजासहित ओलीको स्वागत

बालकोटमा बाजागाजासहित ओलीको स्वागत

३० असार, काठमाडौं ।

सरकारी निवास बालुवाटार छोडेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट पुगेका छन् ।

ओलीलाई बालकोटमा बाजागाजासहित स्वागत गरिएको छ । ओली समर्थित एमाले कार्यकर्ताहरुले उनलाई बाजागाजासहित स्वागत गरेका हुन्।

ओलीलाई बुधबार दिउँसो नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले ¥याली र प्रदर्शन गरेर बालकोट पु¥याएका थिए ।

पानीमा भिज्दै एमाले कार्यकर्ताले अध्यक्ष ओलीलाई बालकोटमा स्वागत गरेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.