निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गर्‍यो

निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गर्‍यो

३० असार, काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ ।

चुनावका लागि आयोगले केही कार्यक्रम अघि बढाएको थियो भने सरकारले बजेट पनि छुट्याएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.