एमाले सांसदको अवरोधबीच गण्डकीको बजेट पारित

एमाले सांसदको अवरोधबीच गण्डकीको बजेट पारित

३० असार, काठमाडौं ।

गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को बजेट बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधबिच बुधबारको बसेको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो।

प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर, बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थाले ।

उनीहरुले बैठक बहिस्कार गर्न लाग्दा सुरक्षाकर्मीसँग धकेलाधकेल भएको थियो ।

एमाले सांसदहरु बजेट प्रस्तुत हुन नदिन रोष्टमतिर जान लागेका थिए । त्यसैबिच सभामुखले मार्सल लगाएर एमाले सांसदहरुलाई रोकेका थिए र बजेट निर्णयार्थ प्रस्तुत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.