देउवाको व्यस्तता बढेपछि आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक स्थगित

देउवाको व्यस्तता बढेपछि आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक स्थगित

३१ असार, काठमाडौं ।

नेपाली कांग्रेसको आज बिहीवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । आउँदो महाधिवेशन र सरकार सञ्चालनका विषयमा छलफल गर्नका लागि आज दिउँसो २ बजे पदाधिकारीको बैठक बस्ने तयारी थियो ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण आजको बैठक भोलि शुक्रवारका लागि सारिएको पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलर्ले जानकारी दिए । कांग्रेसमा मन्त्री बन्ने आकाङ्क्षी धेरै भएकाले सबै पक्ष समेटेर मन्त्री बनाउन देउवालाई दबाब रहेको छ ।

यस्तै चौधौँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवाद पनि छिटै टुङ्ग्याउनुपर्ने माग बढ्दै गएको छ । सदस्यताको विवादलाई लिएर पार्टी कार्यालयमै नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.