कांग्रेस संसदीय दलको बैठक भोलिका लागि बोलाइयो

कांग्रेस संसदीय दलको बैठक भोलिका लागि बोलाइयो

२ साउन, काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । बैठक दिउँसो दुई बजे नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बस्ने तय भएको सांसद डिला सङ्ग्रौलाले जानकारी दिनुभयो ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक बैठक बस्न लागेको हो । २०७४ सालको चुनावपछि प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको कांग्रेसले गएको मंगलबारदेखि सरकारको नेतृत्वमा पुगेको छ ।

भोलि दिउँसो चार बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान भएको छ । त्यसअघि बस्न लागेको कांग्रेस संसदीय दलको बैठकमा सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने सङ्ग्रौलाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.