प्रदेश -२ सरकारमा माओवादी पनि सहभागी, मन्त्री र राज्यमन्त्रीले लिए शपथ

प्रदेश -२ सरकारमा माओवादी पनि सहभागी, मन्त्री र राज्यमन्त्रीले लिए शपथ

२ साउन, काठमाडौँ ।

प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा माओवादी केन्द्रबाट शनिबार दुई जना मन्त्रीले शपथ लिएका हुन् ।

प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा भरत साह र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाएका हुन् ।

साह महोत्तरी क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद हुन् भने कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । शुक्रबार बसेको माओवादीको संसदीय दलको बैठकले उनीहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

शुक्रबार मात्र मुख्यमन्त्री राउतसमक्ष आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले राजीनामा बुझाएका थिए ।

जसपाकाअध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.