राजनीतिक षडयन्त्रका कारण राजीनामा दिएको हुँ : भीम रावल

राजनीतिक षडयन्त्रका कारण राजीनामा दिएको हुँ : भीम रावल

३ साउन, काठमाडौं ।

नेकपा एमालेका सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । रावलले आइतबार आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् ।

माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएका हुन् ।

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनियन्त्रित राजनीतिक स्वेच्छाचारी व्यवहार र षडयन्त्रका कारण आफूले राजीनामा दिएको बताए ।

‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो, राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि अधिकतम प्रयत्न पनि गरेँ । अनियन्त्रित राजनीतिक स्वेच्छाचारी व्यवहार र षडयन्त्रका कारण राजीनामा दिएको हुँ ।’ रावलले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.