२२ सांसदलाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

२२ सांसदलाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

४ साउन, काठमाडौं ।

नेकपा एमालेले २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले पेश गरेका थिए । बैठकले सो प्रस्ताव पारित गरेको हो ।

२२ जनासँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले नेता माधवकुमार नेपालसहितका २२ सांसदले मतदान गरेका थिए ।

यस्तै, बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.