पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको अनुमान, बिहिवारदेखि भने कम पानी पर्ने सम्भावना

पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको अनुमान, बिहिवारदेखि भने कम पानी पर्ने सम्भावना

५ साउन, काठमाडौं ।

प्रदेश–१, प्रदेश–२ सहित देशका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।

मनसुनी वायुको प्रभाव पूर्वी क्षेत्रतर्फ सरिरहेकाले त्यसतर्फ धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

उनका अनुसार आज र भोलि नै पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ । केही दिनयता पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको थियो ।

आज विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पर्सि बिहिवारदेखि भने केही दिन कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.