नेपालले बोलाए देउवालाई मत दिने सांसदको बैठक

नेपालले बोलाए देउवालाई मत दिने सांसदको बैठक

५ साउन, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय सांसदहरुको बैठक बोलाएका छन् ।

बानेश्वरस्थित एक होटेलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुको बैठक बोलाइएको एक सांसदले जानकारी दिए ।

ती सांसदका अनुसार अपराह्न ४ बजे बस्ने सो बैठकमा देउवालाई मत नदिएर तटस्थ बस्ने सांसदलार्य पनि बोलाइएको छ । गएको आइतबार प्रतिनिधिसभामा भएको मतदानमा एमालेका २२ सांसदले देउवाको पक्षमा मतदान गरेका थिए ।

उनीहरुलाई एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.