५ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार साँझ खुमलटा पुगेर देउवाले लामो समयदेखि बिरामी दाहालको स्वास्थ्य अवस्था बुझेका हुन् । अहिले प्रचण्ड र देउवाबीच छलफल भैरहेको खुमलटार स्रोतले बतायो ।