माधव नेपालविरुद्ध भइरहेका आन्दोलन र धम्की बन्द गर्न माग

माधव नेपालविरुद्ध भइरहेका आन्दोलन र धम्की बन्द गर्न माग

६ साउन, काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका कार्यकर्ताले गरेका प्रदर्शन र उग्र क्रियाकलाप तत्काल रोक्न माग गरेको छ ।

नेपाल पक्षको आज बुधवार बसेको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक कारबाहीको धम्की दिने, चर्का नाराबाजी गर्ने, पुतला दहन गर्ने लगायतका गैर राजनीतिक क्रियाकलाप आपत्तिजनक भएको निष्कर्ष निकालेको छ ।

आफ्नै पार्टीका नेताहरूलाई धम्की दिने, शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई आतङ्कित पार्ने लगायतका गतिविधि हुनु दुःखद भएको भन्दै तत्काल बन्द गराउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको नेता रघुजी पन्तले जानकारी दिए ।

पार्टी एकताका लागि दुवै पक्षका नेताहरूले बनाएको १० बुँदे प्रस्तावलाई ओली पक्षको केन्द्रीय कमिटीले समेत अनुमोदन गरिसकेको अवस्थामा फेरि स्पष्टीकरण सोध्नु र कारबाहीको धम्की दिनु एकता भङ्ग गर्ने मनसाय भएको पनि पन्तले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.