७ साउन, चितवन ।
नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार दिउँसो क्षेत्रपुरको खुला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए। नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन्।
बेपत्ता भएको खबर पाएसँगै प्रहरीले खोजी गर्दा २ सय मिटर पर फेला पारी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो। उनीहरुका अस्पतालमा उपचारका क्रममो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।