उदयपुरमा खुकुरी प्रहार गरी वृद्धको हत्या

उदयपुरमा खुकुरी प्रहार गरी वृद्धको हत्या

७ साउन, उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–१३ पोर्ताहाका ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् ।

बुधबार बिहान करिब ५ बजे हत्या गरेको जानकारी प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सदालाई खुकुरीसहित नियन्त्रणमा लिएको हो ।

सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य विवादको कारण चौधरीलाई घरमै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश १ प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.