संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा साउन १५ पछि मात्रै सुनुवाइ हुने

संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा साउन १५ पछि मात्रै सुनुवाइ हुने

७ साउन, काठमाडौं ।
सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धी पेश भएका निवेदनहरुको सुनुवाई साउन १५ गतेपछि मात्रै गर्ने भएको छ ।

कोरोना महामारीका कारण अधिकांश सेवा कटौती गरेको सर्वोच्च अदालतले विस्तारै सेवाहरु खुल्दै जाने र आगामी साताको शुक्रबार(साउन १५) गतेपछि मात्रै सबै सेवा खुला गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘निषेधाज्ञा र अरु कारणले कटौती भएका अदालतका सेवाहरु विस्तारै खुल्ने क्रममा छन् । साउन लागेपछि लगत व्यवस्थापनका कारण केही दिन फेरी कामकाज प्रभावित भएका छन् । साउन १५ गते साप्ताहिक पेशी तोकिन्छ । त्यसपछि पुराना मुद्दाहरुको पनि नियमित सुनुवाई हुन्छ ।’

नयाँ मुद्दाका लागि भने साप्ताहिक पेशी तोकिन आवश्यक पर्ने नभएकाले त्यसलगत्तै सुनुवाई हुने उनले बताए । सबै सेवा शुरु भएपछि संवैधानिक इजलास पनि नियमित रुपमा बस्ने उनले बताए ।

ओली सरकारले गत मंसीर अन्तिम साता र जेठको पहिलो सातामा अध्यादेश जारी गरी संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ति गरेको थियो ।

अघिल्लोपटक २० जना र पछिल्लो पटक ३२ जना संवैधानिक पदाधिकारी सिफारिसपछि संसदीय सुनुवाई बिना नियुक्त भएका थिए । दुवै निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदनहरु विचाराधीन छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.