७ साउन, काठमाडौं ।
गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न परिपत्र गरेको छ।
त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षार्थीको आवागमनलाई ध्यानमा राखेर सवारी सञ्चालनका लागि सहजीकरण गरिदिन मन्त्रालयले परिपत्र जारी गरेको हो ।
परिपत्रमा जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरी मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साल र ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । साउन ४ मा मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको मन्त्रालयले जनाएको छ ।
