७ साउन, काठमाडौं ।
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अपराध गरेको आरोप लगाएका छन् ।
बिहिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बादलले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गरेर नेता नेपालले अपराध गरेको आरोप लगाएका हुन् ।
नेपालको नाम नलिई बादलले भने, ‘आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गर्ने । पार्टीका कमरेडले गल्ती गर्नुभएको छैन, अपराध गर्नुभएको छ ।’
उनले सर्वोच्च अदालतको परमादेशले निर्दलीय सरकार बनेको तर्क पनि गरे ।