पुष्पलाललाई साक्षी राख्दै ओलीले भने – सबैलाई माफी छ, अब मिलौँ

पुष्पलाललाई साक्षी राख्दै ओलीले भने – सबैलाई माफी छ, अब मिलौँ

७ साउन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरित अहिलेसम्म जसले जे गरेको भए पनि सबै माफी गरिदिने बताएका छन् ।

बिहिबार पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन् । ‘ पुष्पलाललाई साक्षी राखेर भन्छु– सबैलाई माफी छ, आउनुहोस् अब सबै मिलेर काम गरौँ ।’ ओलीले भने ।

सबै मिलेर आन्दोलनलाई एकीकृत बनाउन सकिने ओलीले बताए ।

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.