७ साउन, काठमाडौं ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत युताकाले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा उनले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका थिए। राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि देउवालाई हस्तान्तरण गरेका थिए।
राजदूत युताकासँगको भेटमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्धलाई अझै मजबुद बनाउनेबारे कुरा गरेका थिए।
भेटमा जापानमा बनेको अष्ट्राजेनेका खोपको १६ लाख डोज नेपाललाई अनुदान दिन लागेकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए।