जसपा विवादबारे निर्वाचन आयोगमा बहस सकियो

जसपा विवादबारे निर्वाचन आयोगमा बहस सकियो

७ साउन, काठमाडौं ।

जसपा नेपालको आधिकारिकता सम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुवै पक्षको दाबी बहस सकिएको छ । आयोगको इजलासमा महन्थ ठाकुर पक्षबाट ८ जना र उपेन्द्र यादव पक्षबाट ६ जनाले बहस गरेका छन् ।

यादव पक्षले पार्टी दर्ता भएको बेला आयोगमा प्रस्तुत गरेको कार्यकारिणी सदस्यको आधारमा आफूसँग बहुमत रहेको दाबी गरेको छ भने महन्थ ठाकुरले पुस ७ गते भएको कार्यकारिणी समितिको बैठकले आफूलाई अधिकार दिएको दाबी गर्दै त्यसको आधारमा हेरफेर गरिएको कार्यकारिणी समितिमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.