निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिका सदस्यहरूलाई सनाखतका लागि बोलायो

निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिका सदस्यहरूलाई सनाखतका लागि बोलायो

७ साउन, काठमाडौं ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपां)को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । बिहीबार अध्यक्ष दिनेश थपलियासहितको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई बोलाएको हो ।

आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन भनेको छ।

बिहीबार आयोगले गठन गरेको इजलासमा भएको सुनुवाइ पछि यस्तो आदेश गरेको हो। यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो।

अहिले जसपाको विवाद आयोगमा पुगेको छ। यसअघि आयोगले दुवै पक्षलाई सहमतिका लागि बोलाएको थियो। तर, जसपाका दुवै पक्ष, अध्यक्ष महन्थ ठाकुर(राजेन्द्र महतो र उपेन्द्र यादव(बाबुराम भट्टराई पक्षले मिल्न नसकिने भन्दै कानुन अनुसार निर्णय गर्न भनेका थिए।

त्यसपछि आयोगले राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार इजलास गठन गरेर सुनुवाइ थालेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.