एमाले केन्द्रीय कमिटीको बैठक सकियो, कारबाही फिर्ता लिएर पार्टी एक बनाउनुपर्ने निष्कर्ष

एमाले केन्द्रीय कमिटीको बैठक सकियो, कारबाही फिर्ता लिएर पार्टी एक बनाउनुपर्ने निष्कर्ष

७ साउन, काठमाडौं ।

नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठक आज बिहीवार सकिएको छ । बैठकले जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

यसअघि माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गर्नुपर्ने आवाज उठे पनि आज भने नेताहरूका गल्तीलाई माफी दिएर पार्टीलाई एकताबद्ध गराउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

कारबाही फिर्ता लिनुपर्ने आवाज पनि बैठकमा उठेको छ । यसको सबै जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीको अनुशासन नमान्ने नेताहरूलाई पनि माफी दिन सकिने अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.