एमालेका दुबै पक्षले संयुक्त रुपमा एकता अभियान शुरु गरे

एमालेका दुबै पक्षले संयुक्त रुपमा एकता अभियान शुरु गरे

७ साउन, काठमाडौं ।
नेकपा एमालेका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले संयुक्तरुपमा पार्टी एकता अभियान शुरु गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा विभाजन रोक्न संयुक्त अभियान चलाउने दुवै समूहका सांसदहरू सहमत भएका हुन् ।

‘एकता जोगाउन शुरु भएको यो अभियानलाई सशक्त बनाउँछौं । एकता दबाब अभियानमा साथ दिन संयुक्त अपील गर्दैछौं,’ नेपाल तर्फका सांसद् यज्ञराज सुनुवारले भने ।

एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ । यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने सुनुवारले बताए ।

यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा। सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् ।

नेपाल तर्फबाट सुनुवारसहित झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.