८ साउन, काठमाडौं ।
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी खाली थियो । एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राणालाई सुनसरी जिल्ला अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।