बुढानिलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बस्दै

बुढानिलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बस्दै

८ साउन, काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दै छ ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएपछि नेताहरुले बालुवाटारमा बैठक नबोलाउन दवाव दिएका थिए ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक बालुवाटारमा नगर्ने बताउनुभएको छ ।

बिहान नौ बजे सभापति देउवाको निवासमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए
। पौडेलका अनुसार बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.