गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पायो, थप ६ मन्त्रीले लिए शपथ

गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पायो, थप ६ मन्त्रीले लिए शपथ

८ साउन, पोखरा ।
गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई शुक्रबार दिउँसो प्रदेश प्रमुख सीता कुमारी पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छिन् । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।

यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् । यस्तै आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् । कांग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा गत २९ जेठमा मुख्यमन्त्री बनेका कांग्रेसका कृष्णचन्द्र नेपालीले गठबन्धनबीच विवाद उत्पन्न हुँदा मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.