राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

८ साउन, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न ओली शुक्रबार बिहान ११ बजेतिर शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको शीतल निवास स्रोतले जानकारी दियो। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ । दुवै जनाबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलेको छैन।

तर, एमालेको राजनीतिमा प्रत्यक्ष चासो राख्दै आएकी राष्ट्रपति र ओलीबीच पार्टी राजनीतिको पछिल्लो विकासक्रमबारे छलफल भएको हुनसक्ने जनाइएको छ । ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रपतिले पटक–पटक असंवैधानिक कदममा साथ दिएको भन्दै आलोचना हुने गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.