कोरोना खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु, अनुसन्धान गर्न टोली पठाइयो

कोरोना खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु, अनुसन्धान गर्न टोली पठाइयो

८ साउन, काठमाडौँ ।
धादिङको नीलकण्ठ नगरपालिकामा कोरोना विरुद्धको खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि मृत्यु भएको हो । यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन ।

उनले अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका थिए । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

शाखाका प्रमुख डा. झलक शर्मा गौतमले टोली घटनास्थलमा पठाइसकेको जानकारी दिँदै टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.