९ साउन, मोरङ ।
मोरङको वेलबारी नगरपालिका–६ का ६३ बर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।