९ साउन, झापा ।
झापाको झापा गाउँपालिका वडा नं २ बेलाई तिवारीमा स्रोत नखुलेको ४० लाखभन्दा बढी रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
आज दिउँसो चेकजाँचका क्रममा भारतबाट लुकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा स्रोत खुलाउन नसकेको ४० लाख ३७ हजार ६ सय ७० नेपाली रुपैयाँसहित सोही ठाउँका ५० वर्षीय गौरी मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धानका लागि मण्डलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।