म्याग्दीमा पहिरोले गुर्जा खोला थुनियो, एकै पटक फुटे तटीय क्षेत्रमा जोखिम

म्याग्दीमा पहिरोले गुर्जा खोला थुनियो, एकै पटक फुटे तटीय क्षेत्रमा जोखिम

१० साउन, म्याग्दी ।
धवालागिरी गाउँपालिका वडा नम्बर १ र ४को बीचमा पर्ने खास्का भन्ने स्थानामा पहिरो जाँदा शनिबार बिहानदेखि गुर्जाखोला थुनिएको छ ।
पहिरोले खोला थुनिएपछि बनेको तालमाथिबाट शनिबार साँझदेखि पानी ओभर फ्लो भएर बग्न थालेको वडा नम्बर १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । खोला थुनिएको स्थान गुर्जा गाउँदेखि कम्तीमा २ घन्टा तल पर्छ ।

चुरेन र गुर्जा हिमालबाट झर्ने गुर्जा खोला थुनिएपछि साँझ ७ बजेदेखि ओभर फ्लो भएर बग्न थालेको आफूलाई गोठालाहरुले जानकारी दिएको वडाध्यक्ष छन्त्यालले बताए । ‘‘ एकैपटक तलाउ फुटेमा तटीय क्षेत्रमा जोखिम हुनसक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराईएको छ’’– वडा अध्यक्ष छन्त्यालले भने । थुनिएको खोला फुटेमा म्याग्दीखोला तटीय क्षेत्रमा जोखिममा पर्ने उनले बताए ।

पहिरो क्षेत्र मानव बस्तीदेखि धेरै टाढा जंगलमा पर्ने भएकोले पहिरो कति बेला गएको र कति पानी थुनिएको भन्ने खुलेको छैन । गुर्जा खोला म्याग्दी नदीको मुख्य एक सहायक नदीमध्येको एक हो । थुनिएको गुर्जाखोलाको पानी फुटेर बाढी आएमा धवलागिरी गाउँपालिकाको खाम्ला हुँदै मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार भएर बेनीसम्मका बस्तीमा क्षति र्पुयाउन सक्छ ।

बस्तीदेखि धेरै टाढा भएकोले पहिरोको यकिन विवरण नआएपनि तटीय बस्तीमा सतर्कता गराइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.