सिंहदरबारमा स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई देउवाले खुवाए सपथ

सिंहदरबारमा स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई देउवाले खुवाए सपथ

१० साउन, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् । उनलाई आइतबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् ।

यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो । तर कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउने बाहेक अरु पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नुनपर्ने भनेपछि श्रेष्ठले सिंहदरबारमै सपथ लिएका हुन् ।

शपथ समारोह राष्ट्रपति कार्यालयमै हुँदा पनि राज्यमन्त्रीलाई शपथ भने प्रधानमन्त्रीले नै गराउने प्रचलन थियो । यसअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.