राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक बनाउने एक व्यक्ति झापाबाट पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक बनाउने एक व्यक्ति झापाबाट पक्राउ

१० साउन, काठमाडौं ।
राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका–६ बस्ने सोम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरी चरित्र हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट शुक्रबार ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.