रोकी राखेको बसमा अज्ञात समूहद्वारा आगजनी

रोकी राखेको बसमा अज्ञात समूहद्वारा आगजनी

११ साउन, दाङ ।
दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समुहले गएराति आगजनी गरेको छ ।

घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथी आगजनी भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालका अनुसार रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको हो ।

प्रहरी राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.