एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको निधन

एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको निधन

११ साउन, सउल ।

दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ। चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए।

बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो। उनको मृत्यु हृदयाघातका कारण भएको बताइएको छ। उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए। उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत हुन्।

उनको निधनलाई एनआरएन कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ। उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ। भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए। उनका श्रीमती र छोराछोरी हाल नेपालमा छन्। हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.