११ साउन, काठमाडौं ।
निर्वाचन आयोगमा जारी ‘हेड काउन्ट’मा जनता समाजवादी पार्टीका ५० जना कार्यकारिणी सदस्यले पक्षधरता स्पष्ट गरेका छन्। ५० जनामध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा १६ जनाले महन्थ ठाकुर पक्षमा मतदान गरेका छन। रेशम चौधरीले भने आयोग आउँदै गरेको बुझिएको छ।
पार्टीमा दोहोरो सत्ता कायम भएपछि यादव पक्षले निर्वाचन आयोगमा आधिकारिताको लागि निवेदन दिएको थियो। आयोगले हेडकाउन्ट गरेर आधिकारिता टुंगो लगाउन कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको हो।