११ साउन, काठमाडौं ।
डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । सनाखतका लागि आयोगले केन्द्रीय कारागारलाई लेखेको पत्रको आधारमा उनलाई हस्ताक्षरका लागि आयोग ल्याइएको हो ।
चौधरी डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनलाई प्रहरीले गाडीमा ल्याएको थियो । चौधरीले आफ्नो पक्षमा हस्ताक्षर गर्ने दुवै पक्षले दाबी गरेका छन्।