निर्वाचन आयोग पुगेका रेशम चौधरीले भने – कारागारबाट यहाँ किन बोलाइयो नेताहरुलाई सोध्छु

निर्वाचन आयोग पुगेका रेशम चौधरीले भने – कारागारबाट यहाँ  किन बोलाइयो नेताहरुलाई सोध्छु

११ साउन, काठमाडौं ।
जेलमा रहेका जसपा कार्यकारिणी समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टीको आधिकारिकता विवाद सनाखत गर्न निर्वाचन आयोगले केन्द्रीय कार्यकारणी समिति सदस्यलाई बोलाएपछि उनी पनि आयोग पुगेका हुन् ।

डिल्लीबजार कारागारमा रहेका उनलाई प्रहरीले गाडीमा लगेको थियो । आयोग पुग्दा उनी दुवै पक्षको तानातानमा परेका छन् । चौधरीले शीर्ष नेताहरुलाई पार्टीभित्रका आपसी वैमनश्यमा आफूलाई किन बोलाइयो भन्ने प्रश्न गर्ने बताए ।

उनले आफ्नो मुद्दा सम्बोधन गर्ने पक्षलाई मतदान दिने बताएका छन् । उनले पत्रकारलाई भने– “टीकापुर घटना र मुद्दाका विषयमा हाम्रो पार्टी नेतृत्वले के गरिरहेको छ, त्यसबारे दुवै पक्षका शीर्ष नेताहरुसँग छलफल गर्छु, उहाँहरुको विचार सुनेपछि मात्र कुन पक्षमा हस्ताक्षर गर्ने निक्र्यौल गर्छु ।”

कुल ५१ सदस्यीय कार्यकारणी समितिमध्ये आयोगमा पुगेर सो पार्टीका सदस्यमध्ये ३४ जनाले अध्यक्ष यादव पक्षमा हस्ताक्षर गरेका छन् । त्यस्तै १६ जना अध्यक्ष ठाकुर पक्षमा हस्ताक्षर गरेको आयोगले जनाएको छ । कार्यकारिणी सदस्य चौधरी सनाखत गर्ने अन्तिम नेता रहेकोले उनले उपेन्द्र पक्षमा हस्ताक्षर गरे ३५ संख्या पुग्नेछ । ठाकुर पक्षमा हस्ताक्षर गरे १७ जना पुग्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.