११ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टी(जसपा)आधिकारिकता विवादमा सनाखत गर्न जेलबाट सीधै निर्वाचन आयोगमा पुगेका रेशमलाल चौधरी दुवै पक्षमा सनाखत नगरी तटस्थ बसेका छन् । आयोगमा उनले आफू दुवै पक्षमा नलागेको बताए ।
‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भने ।
जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । आयोगको पत्रको आधारमा डिल्लीबजार कारागारमा रहेका उनलाई आयोग लगिएको थियो।