महिला सांसदले भने- पीडितलाई राहत दिन सरकार गम्भिर भएन

महिला सांसदले भने- पीडितलाई राहत दिन सरकार गम्भिर भएन

११ साउन, काठमाडौँ ।
प्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढी, पहिरो पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकका बोल्दै नेपाली काँग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढी, पहिरो पीडितहरु भोकभोकै मर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुका लागि आवश्यक गाँस र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरिन् । “कोरोना, बाढी, पहिरो पीडितले कतिपय ठाउँमा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ ।”

उनले भनिन्“त्यस्ता पीडितहरुका लागि तत्काल गाँस र बासको व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्दछु ।” सांसद ज्वारचनले समितिले पनि बाढी, पहिरो र कोरोना अति प्रभावित क्षेत्रको अनुगमन गरी उनीहरुलाई राहत दिन सरकारलाई सचेत गराउन ढिलाई गर्न नहुनेमा जोड दिइन् ।

नेकपा एमालेकी सांसद एवम् पूर्व मन्त्री थममाया थापाले कोरोनाको तेस्रो लहर आउन नदिन सरकारलाई सचेत गराइन् । बालबालिकाहरु दूव्र्यसनीमा फस्ने क्रम कोरोना कालमा झनैै बढदै गएको उल्लेख गर्दै उनले त्यसो हुन नदिन सरकार सजग हुनुपर्ने पनि स्पष्ट पारिन् । सांसद थापाले भनिन, “कोरोनाको तेस्रो लहर आउन नदिन विज्ञहरुसँग छलफल गरी सरकारले ठोस योजना ल्याउनु पर्दछ ।”

समितिकी अर्का सदस्य एवम् काँग्रेस सांसद हिरा गुरुङले बालिकाहरुमाथि बलात्कार पछि हत्या गर्ने क्रम बढिरहेकोमा आक्रोस व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । उनले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अझै न्याय नपाएको दृष्टान्त समितिको बैठकमा पेश गर्दै पीडितलाई न्याय दिने काममा सरकार गम्भिर नभएको आरोप समेत लगाइन् ।

बैठकमा अमृता थापामगर, विमला विश्वकर्मालगायतका सांसदहरुले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथा, बोक्सी, दाईजो दिने जस्ता काममा अन्त्य गर्न सामाजिक अभियाननैै चलाएर अघि बढन सरकारको ध्यानाकर्षण गराएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.