१२ साउन, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले केपी ओली जस्तो गफाडी सरकारलाई बिदा गरिएको बताउँदै यो सरकार पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता लागेको बताएका छन् ।
मंगलबार संसादमा बोल्दै महतले निस्शुल्क बिजुलीको कुरा नगर्न सरकारको ध्यानकषर्ण गराए । उनले भने– ‘एउटा गफाडी सरकारलाई बिदा गरियो अर्को सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ता छ।’
‘खनखन्ती गनेर पैसा दिन्छु भन्दा पनि कर्णालीमा बत्ती पुगेको छैन। निस्शुल्क बत्तीको कुरा नगर्दा हुन्छ,’ महतले भने, ‘अगुल्टाले हानेको कुकुर बिजुली देखेर तर्सन्छ भने झै हामी मननीय भूतले खाजा खानेबेलाका भएका छौै।’
महतले मन्त्री र माननीयकै व्यवहारका कारण केही इमान्दार माननीयले लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको बताए।